भोक प्रत्येक प्राणीको विशेषता हो । वास्तवमा भोक किन लाग्छ होला त ? भोक नलाग्ने भए कति जाति हुन्थ्यो होला । भोक नलाग्ने भए यत्रा संघर्ष काटमार किन हुन्थ्यो र ? अनि पृथ्वी शान्त हुन्थ्यो ।
भोक लाग्नुको वैज्ञानिक कारण अनौठो छ । हाम्रो मस्तिष्कमा रहेको हाइपोथेलामस नामक भागमा दुई प्रकारका भिन्न केन्द्रहरु रहेका हुन्छन् । जसले खानासम्बन्धी क्रियामाथि नियन्त्रण गर्दछन् ।
यीमध्ये एउटा केन्द्रले हामीलाई खानको लागि प्रेरित गर्दछ भने खाइसकेपछि अर्काे केन्द्रले शान्त रहन निर्देशन दिन्छ । शरीरमा भोजनको आवश्यकता हुँदा पहिलो केन्द्रले खाना खाने आदेश दिन्छ र हामीलाई भोकको अनुभूति हुन्छ । भोजनको पूर्ति भइसकेपछि अर्काे केन्द्रले रोक्ने आदेश दिन्छ र भोकको तृप्ति हुन्छ । ती दुई केन्द्रको मिश्रित अवस्थालाई ‘एपेस्टर’ भनिन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













