१. गाउँपालिकामा अधिकतम कति वटासम्म वडा रहन्छन् ?
– २१ ।
२. नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १/१ जनाका दरले निर्वाचित हुने जिल्लाको सङ्ख्या कति छ ?
– ३५ ।
३. कुन ग्रह÷उपग्रहमा भएको खाल्डोको नाम लामटाङ राखिएको छ ?
– मंगल ।
४. एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
– जापान ।
५. नेपालमा राष्ट्रिय कर दिवस कुन दिन मनाइन्छ ?
– मंसिर १ गते
६. जापानको टोकियोमा सन् २०२१ मा आयोजना भएको ३३ औँ ओलम्पिक खेलकुदमा नेपालका कतिजना खेलाडी सहभागी भएका थिए ?
– ५ ।
७. नेपाल सरकारले क्षतिपूर्ति सहितको नागरिक वडापत्र कहिलेदेखि कार्यान्वयनमा ल्यायो ?
— २०७० वैशाख २ ।
८. भलिबललाई नेपालको राष्ट्रिय खेलकुद कहिले घोषणा गरियो ?
– वि.सं. २०७४।०२।०८ ।
९. नेपालको सबैभन्दा ठूलो मानिएको धौवाही फलामखानी कुन जिल्लामा पर्दछ ?
– नवलपरासी ।
१०. विवाहका लागि बर र बधुको उमेर कति वर्ष पुगेको हुनुपर्छ ?
– २० वर्ष ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













