चिनिया, जापानी र नेपालीको बिचमा तरवारबाजी प्रतियोगिता चल्दैथियो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारिदियो ।
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारिदियो ।
नेपालीको तर्फबाट चाहिँ हाम्रो राजेशदाइ हुनुहुँदो रहेछ । राजेश दाइले लामखुट्टेलाई हावामा उडाउनु भयो र तरबार नचाउनु भयो । तर अचम्म…. लामखुट्टेको टुक्रा भएन र यतिकै उडेर गयो । यो देखेर चिनिया र जापानीले राजेशदाइलाई जिस्काउँदै भने— खै त केही नि गर्न सकिनस् तैँले । राजेशदाइले आफ्नै स्टाइलमा भन्नु भो— हे….हे…हे….हे…. याद राख, यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्दैन ।
युरिन टेष्ट
शिव र भुवन हस्पिटलमा रुँदै बसेको देखेर अचम्म मान्दै
राजेश दाइः ओए शिवे ! किन रोएको यार तँ …?
शिवः ब्लड टेष्ट गर्न भनेर मेरो औँला नै काटिदियो यार….
राजेश दाइः अनि भुवने, तँ चाहिँ किन रोइराको ?
भुवनः मेरो त युरिन टेष्ट गर्न पर्छ रे ! अब…….नै …..उ हु उ हु….
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













