१. परमात्माको ध्यान नै वास्तविक कर्म हो । चाहे तिमी न्युयोर्कको दौडधुपमा रहू, चाहे हिमालयको एकान्तमा । यदि यो ध्यान तिम्रो अन्तस्करणमा विद्यमान छ भने त्यसको प्रभाव सधैँ एकनास हुन्छ । स्थान, रुप, रङ्ग वा ढङ्ग आदिको तथ्यमाथि कुनै प्रभाव पर्दैन ।
२. जो न कहिल्यै हर्षित हुन्छ, न शोक गर्दछ, न द्वेष गर्दछ, न कामना गर्दछ, साथै शुभाशुभको जो त्यागी छ उही भक्त परमात्माको प्रिय छ ।
३. जो व्यक्ति केवल भगवानमा विश्वास गर्दछन् र मनुष्यमा गर्दैनन् मात्र उनीहरु सुखी हुन्छन् ।
४. गरिब, नारी र बालकद्वारा नै वास्तविकता फैलिन सक्छ । भारतमा अनेक आन्दोलन विफल भ एभने यस कारण भए कि देशका वृक्षका यी जरामा पानी हालिएन । देशभक्तको शक्ति मात्र धनी वर्गको सेवामा खर्च भयो, जो कि राष्ट्रका पात र फल समान छन् ।
५. चिन्ता, सङ्कट, दुःख र कष्ट परिस्थितिसाग लड्नाले हट्न सक्दैन । ती त केवल आन्तरिक कमजोरी हटाउनाले मात्र हट्छन्, जसका कारण वास्तवमा ती उत्पन्न भएका हुन् ।
६. जात–पातको भावना आफू समानकै शत्रु हो । यसले मानसिक उन्नतिलाई रोक्दछ । उपनिषद् र वेदान्तको शिक्षा अत्युत्तम छ तर आजका हिन्दू त ‘के खाऊँ र कसरी खाऊँ’ को दलदलमा फँसेका छन् । तिनमा गौपूजाको भाव पनि बुद्धिको सीमाबाट गुज्रिएको छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













