सुन्दा नै अचम्म लाग्ने कुरा ! सबैलाई थाहा छ, पुरुषको शरीरमा लिङ्ग हुन्छ र महिलाको शरीरमा योनी हुन्छ । ती एउटा मात्र हुन्छन् तर बेलायतकी एक महिलाको शरीरमा भने दुर्ईवटा योनी पाइएको थियो । दुवै योनी उत्तिकै सक्रिय रहेको पाइयो । त्यहाँको आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तर्वार्ता दिने क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो शरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी थिइन् । आफ्नो शरीरमा जन्मिँदै दुई वटा यौनाङ्ग रहेको उनले बताएकी थिइन् । यसका साथै उनको शरीरभित्र दुईवटा पाठेघर पनि रहेका छन् ।
विरलै मात्र यस्तो अचम्मको घटना हुने चिकित्सकहरुले बताएका छन् । भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटा योनीको विकास हुने उनीहरु बताउँछन् । करोडौँमा एक जनाको मात्र यसरी दुईवटा यौनाङ्ग हुनसक्ने चिकित्सकहरुको भनाइ छ । अन्तर्वार्ताका क्रममा ती महिलाले पहिलोपल्ट महिनावारी हुँदा आफूलाई दुईवटा योनी भएको थाहा भएको र आफ्नै दुवै योनीको भर्जिनिटी तोडिएको समेत बताएकी थिइन् ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













