१. प्रयत्न बिना केवल निरीक्षण गर्नुहोस्, तब महसुस हुनेछ कि तपाईंको मन आफै संघर्षप्रति विसर्जित हुँदै छ र यो त्यही अवस्था हो जब अतिशय ग्रहण गर्न सक्दछ । त्यसपछि सिक्नु उसका निम्ति मात्र जानकारी संग्रह गर्नु हुँदैन । त्यो अद्भूत विपुलताको खोज गर्दछ जुन मनको सीमाभन्दा टाढा छ । त्यो मन जसले खोजी गर्छ अनन्त आनन्दमा उपलब्ध हुन्छ ।
२. संघर्षरहित, सजग जागृत अवस्थामा ऊचनीचको भाव नै रहन्न, तब न कोही सानो वा ठूलो र न कोही गुरु हुन्छ । हाम्रो मन पूर्णतया शान्त हुन्छ र आनन्द उपलब्ध हुन्छ ।
३. असन्तोषको अर्थ हो— अधिकका निम्ति संघर्ष र सन्तोषको अर्थ हो— त्यस संघर्षको अन्त्य । जबसम्म यो ‘अधिक’ को प्रक्रिया बुझ्नुहुन्न र थाहा पाउनुहुन्न । कि मनले त्यो किन चाहन्छ तबसम्म तपाईं सन्तोष प्राप्त गर्न सक्नुहुन्न ।
४. कुनै कार्य प्रेमपूर्वक सम्पूर्ण शक्ति लगाएर गर्नुहुन्छ भने तपाईंलाई सफलता वा असफलताको मतलब नै रहँदैन ।
५. बुद्धिमानका लागि सर्वाधिक महत्वपूर्ण काम यो हो कि उसले सत्यलाई हेरोस् र समस्या बुझोस् — ‘सफलता वा असफलता’ को दृष्टिले होइन । हामी त्यस पाटोलाई तब मात्र सोच्छौँ, जब त्यस कार्यलाई साँचो अर्थमा प्रेमपूर्वक गर्दैनौँ ।
६. सत्यलाई निन्दा वा प्रशंसा बिना हेर्न सके थाहा हुनेछ कि त्यस निरीक्षणको प्रक्रियामा नै समस्त पर्खाल ढल्छन् जसको निर्माण मनले सत्य र आफ्नो बीचमा गरेको थियो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













