• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किबी खेतीबाट मनग्य आम्दानी

by
१० कार्तिक २०७९,
0
किबी खेतीबाट मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केदार मगर

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएका किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती सुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ ।

भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएकी छन् । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन् । पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक खेती सुरु गरेका उनका फार्ममा यस वर्ष करिब २५ लाख मूल्य बराबरको किबी उत्पादन भएका छन् ।

दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक आठरआठ हजारका दरले रोजगारीसमेत दिएका उनले लगाएका किबीले रोपेको तीन वर्षदेखि नै उत्पादन दिन थालेको थियो । उनले उत्पादन गरेका किबी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौँ लगायतका ठाउँहरूमा बिक्री हुने गरेको छ। उनले भने, ‘यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ ।’ किबी खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएका उनले टेलिभिजनमा हेरेर किबीको व्यवसायिक खेती सुरु गरेको जानकारी दिए।

‘किबी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ१ बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ’, उनले भने, ‘कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु।’ केपिलासगढी गाउँपालिका(१ फेदीका युवा कृषक धनकुमार राईले यस वर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन् । पहिलो वर्ष ४३३ केजी किबीको फल उत्पादन गरेका राई जिल्लामै पहिलो किबीको व्यवसायिक खेती सुरु गर्ने कृषक हुन् ।

रोपेको करिब चाररपाँच वर्षमा फल दिने किबीले राईको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो। राईले उत्पादन गरेका किबी अहिले प्रति केजी २०० देखि २५० सम्ममा घरैबाट बिक्री भइरहेको छ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैंले उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक १५ लाख बढी आम्दानी हुने गरेको राईले बताए । राईले उत्पादन गरेका बिरुवा प्रतिगोटा ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ। जिल्लामा किबीको व्यवसायिक खेती गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ ।

वि।सं। २०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दश रोपनी जग्गामा १२५ बोट बिरुवाबाट व्यवसायिक खेती सुरु गरेका राईले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाएका छन् । स्वीर सरकारको जागिर छाडेर व्यवसायिक किबी खेती सुरु गरेका उनले यस वर्ष मात्रै २१ लाख ६० हजार आम्दानी गरेका छन् । रहरै रहरमा किबी खेती सुरु गरेका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ। सामाज शास्त्रमा स्नातक गरेका उनको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरुवा मौज्दात रहेको पाइएको छ।

एउटा वयष्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा राईले बताए। ‘बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ ।’ उनले भने, ‘आफूले उत्पादन गरेको किबी बजार पुर्‍याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।’ किबीको फल दिक्तेल, धरान, बिराटनगर, काठमाडौँ लगायत जिल्ला तथा बिरुवा खोटाङको विभिन्न स्थानीय र छिमेकी जिल्लाहरू सोलुखुम्बू, ओखलढुङ्गा, भोजपुर, इलाम, सङ्खुवासभा लगायतमा नियात हुने गरेको राईले बताए। धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यवसायिक रूपमा किबी खेती गरेको छन् ।

उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(७ दोर्पाचिउरी डाँडाका शुभचन्द्र राईले किबीको फल तथा बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरेहका छन् । विगत आठ वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आएका राईको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ ।

वि।सं। २०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक खेती सुरु गरेका राईले ३० रोपनी क्षेत्रफल जमिनमा किबी खेती गरेका छन् । कानूनमा बिएल तथा समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका राई पूर्वगाविस अध्यक्षसमेत हुन्। वि।सं। २०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष हुनुभएका राईले अहिले किबी खेतीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय चारजना युवालाई रोजगारीसमेत दिएका राईले पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका(५ छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपानी जग्गामा किबी खेती गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका थापामगरले वि।सं। २०७५ सालमा नमूना अर्गानिक किबी फार्म दर्ता गरेर व्यवसायिक खेती सुरु गरेका हुन् । आफूले उत्पादन गरेको किबी बोलेरो गाडीमार्फत काठमाडौँ, धरान, बिराटनगर लगायतका विभिन्न सहर पुर्‍याएर बिक्री गर्ने गरेको थापामगरले बताएका छन् ।

‘किबी महङ्गो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्छा छैन । तर, गरेको मेहनत खेर जाँदैन’ उनले भने, ‘बजारको समस्या छैन । बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ। यसका लागि राज्यले कानूनी व्यवस्था गर्नुपर्‍यो ।’

वि।सं। २०६८ सालबाट किबीको व्यवसायिक खेती सुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ(आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती शुगरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यवसायिक किबी खेती गर्नेको लहर नै चलेको छ ।

छदेखि आठ मीटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि प्रयाप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य विभिन्न बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकहरूले बताएका छन् । समुद्री सतहबाट दुई हजार ५०० मीटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ ।

ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो उत्पादन रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा प्रशस्त पानीको श्रोत र चिस्यान भएको खेतीयोग्य जमिन रहेकाले व्यवसायिक किबी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरूले बताएका छन् ।

व्यवसायिक रूपमा किबी खेती गर्ने कृषकलाई पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत अनुदान दिँदै आएको छ ।सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको जिल्लाका वास्तविक कृषकहरूले गुनासो गर्दै आएका छन् । रासस

Previous Post

आँधीबाट बङ्गलादेशमा २८ जनाको मृत्यु, लाखौँ प्रभावित

Next Post

मुद्रामा लक्ष्मी र गणेशको तस्बिर होस्, दुवैको आशीर्वाद भए अर्थव्यवस्था सुध्रिन्छ

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
मुद्रामा लक्ष्मी र गणेशको तस्बिर होस्, दुवैको आशीर्वाद भए अर्थव्यवस्था सुध्रिन्छ

मुद्रामा लक्ष्मी र गणेशको तस्बिर होस्, दुवैको आशीर्वाद भए अर्थव्यवस्था सुध्रिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In