काठमाडौं‘नबिल सामाजिक उद्यमशिलता’नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफम्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय सँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायत जुनसुकै क्षेत्रमानविनतम सोच भएका १८वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदनदिन सक्नेछन् । नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिङ्कमागई गुगलफारमबाट आवेदनदिन सकिनेछ । अथवा नबिलबैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनिफारम भर्न सकिन्छ । आवेदनको अन्तिमदिन बैंकले भदौ ३गते तोकेको छ ।
सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्यबोकेको यस कार्यक्रम ६ महिना सम्म चल्नेछ । साथै हरेक महिनातीनदिनआवासीय छलफल र बाँकीदिनआफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिमअवधि भर तथाबाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसायगर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनकालागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्तगरि सकेका छन् ।विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिकउद्यम संचालनका निम्तिआवश्यक कानूनीतथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिमप्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिलबैंक नेपालको एक अग्रणी बैंक हो जसको कुलनिक्षेप रु ३७८ अर्ब तथाकुलकर्जा रु ३४० अर्ब रहेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवाप्रदानगर्दै आएको छ ।
त्यस्तै गरी देशभरिको शाखाविस्तार भई २ सय ६५शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवाप्रदानगर्दै आएको छ । नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमाकामगर्दै आएको छ ।
आवेदनकालागि तलदिइएको लिङ्कमा क्लिक गर्न सकिनेछ ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse













