काठमाडौं । आज नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत युएई ए सँग खेल्ने तालिका रहेको छ ।
एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई ए बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।
आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०स् १५ बजेवाट सुरु हुनेछ ।
समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।
नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएरको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।
आजै समुह बि अन्तर्गत भारत ए र पाकिस्तान ए बीच अपराहन्न २ बजेदेखि खेल हुने छ । दुवै देश समुह बि बाट सेमिफाइनलमा पुगिसकेका छन् भने यस खेलबाट समुह विजेताको टुंगो लाग्ने छ । समुह ए बाट भने आयोजक श्रीलंका ए र बंगलादेश ए सेमिफाइनलमा पुगिसकेका छन् ।













