व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनियुनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथअखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजकभएको सहर्ष घोषणा गर्दछ । यस उल्लेखनीय सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ ।
विभिन्न क्षेत्रहरुमा नेपालीमहिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमानपरिपेक्षमाराष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताकामहिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसातगर्दै युनिलिभर नेपालले खेलकुदमामहिलाको विकास र सशक्तिकरण रभविष्यमापनिखेलकुदको क्षेत्रमादिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउनखोजेको छ ।
यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमामहिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ । साथै उक्तटोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताकामहिला खेलाडीलाई प्रोत्साहितगर्दै भविष्यमाअन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमापु¥याउने लक्ष्यलिएको छ ।
युनिलिभर नेपाल, फुटबलमा मात्रनभई त्यसभन्दाबाहिर पनि सकरात्मकप्रभावपार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजनाएवम् सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तिकरणमा बलियो अडान लिने गरेको छ । यस कम्पनीकाब्राण्डहरुः लाइफब्वाय(Lifebuoy) र डभ (Dove) ले,स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानकोप्रर्वधनगर्दै, समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौतीदिनेकुरामाअग्रपङ्क्तिमा रहेका छन् । यी ब्राण्डहरुप्रतिको विश्वासलाई सदुपयोग गरेर युनिलिभर नेपालले, समुदायहरूलाई सशक्तबनाउन र महिला खेलाडीहरूको लागिदिगो परिवर्तन सृजना गर्न आफ्नो प्रयास सदैव जारी राख्नेछ ।
युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मकपक्षहो । युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथउभिनाले खेलकुदमामहिलाहरूको लागिभविष्यअझउज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छभन्ने मुख्यलक्ष्यलिएको छ ।













