• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

by
१ साउन २०८०,
0
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो । नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो ।

क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ । राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ ।

हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।” उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिनुभयो । सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा डा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताउनुभयो । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।

Previous Post

काभ्रेमा ‘प्याराग्लाइडिङ’

Next Post

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

सम्बन्धित खबर

केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
Load More
Next Post
‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In