• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

by
३१ असार २०८०,
0
बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ– वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् ।

सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छोडे । गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् र रु तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन् ।

डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्धरूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो । टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । तर यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन् । हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन् ।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन् । हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन् ।

चौतीस वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे । सत्रवटा खच्चडमार्फत सामान ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले २० हजार कमाउन मुस्किल पर्ने बताए ।

गाउँको टोलटोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए । हिउँदभर दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै आठवटा खच्चड सित्तैमा बेचेको सुनाए। पहिले एउटा खच्चडको ५० हजारभन्दा बढी पर्ने गरेको स्मरणसमेत विकले गरे । अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनको भनाइ छ ।

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मङ्गले परियारले बताउँछन् । उनले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे । पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरिबले मात्रै खच्चड पाल्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘पहिले यसको तीन–चार ठाउँ पसल हुन्थ्यो, उसैको घोडा खच्चड हुन्थे, गरिबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहु महाजनले मात्रैको हुन्थ्यो, अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन, जसोतसो पाल्नुको विकल्प छैन, बर्खामा दुई दिन भारी बोकेर के आम्दानी हुन्छ रु, वर्षभरि नभए पनि छ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो, काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन् ।’

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन् । बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए ।
्
शाखा सडकका कारण लोकमार्गसमेत बेलाबेलामा अवरुद्ध हुने गरेको उनले बताए । मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदा बित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनको भनाइ छ ।

Previous Post

तत्कालीन बेलायती राजकुमार चार्ल्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’ लाई प्रवर्द्धन गरिँदै

Next Post

खहरेखोल्सा झोलुङ्गे पुलः स्थानीयको दिनचर्या सहज बनाउँदै

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान
फिचर-ब्यानर

पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

२० चैत्र २०८२,
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन
फिचर-ब्यानर

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

२० चैत्र २०८२,
Load More
Next Post
खहरेखोल्सा झोलुङ्गे पुलः स्थानीयको दिनचर्या सहज बनाउँदै

खहरेखोल्सा झोलुङ्गे पुलः स्थानीयको दिनचर्या सहज बनाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In