१. शालीग्राम संग्रहालय कुन जिल्लामा निर्माण गरिएको छ ?
– बाग्लुङ ।
२. पूर्ण खोपयुक्त जिल्ला घोषणा हुने नेपालको पहिलो जिल्ला कुन हो ?
– पाल्पा ।
३. लोक सेवा आयोगको प्रतीक चिह्नको डिजाइनर को हुन् ?
– माधव रेग्मी ।
४. गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो ?
– २०६४ असोज १ ।
५. शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरियो ?
– २०६३ जेठ ४ ।
६. खेलाडीहरुले शारीरिक तथा मानसिक स्फुर्ति बढाउनको लागि नशालु औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ ?
– डोपिङ टेष्ट ।
७. विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको आरोहण गर्ने प्रथम महिला को हुन् ?
— ओ युन सुन (दक्षिण कोरिया)
८. वि.सं. २०७२ १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु कुन स्थानमा रहेको थियो ?
– गोरखाको बारपाक ।
९. सबैभन्दा कम उमेर (१७ वर्ष) मा नोबेल पुरस्कार विजेता को हुन् ?
– मलाला युसुफजाई ।
१०. पृथ्वी प्रज्ञा पुरस्कारको पुरस्कार राशी कति छ ?
– ४ लाख ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













