• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकाले चीनसँग भन्यो( हामीले ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा चाहेका छैनौँ

by
२३ असार २०८०,
0
अमेरिकाले चीनसँग भन्यो( हामीले ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा चाहेका छैनौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए । येलेनको चारदिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उनको पहिलो चीन भ्रमण हो र उनी गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि हालैमात्र चीन भ्रमण गर्ने दोस्रो उच्च पदस्थ अमेरिकी अधिकारी हुन् ।

भेटमा येलेनले चिनियाँ प्रधानमन्त्री लीलाई संयुक्त राज्य अमेरिकाले आर्थिक प्रदर्शन गर्न नचाहेको बताएका थिए । बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’मा उनले लीलाई सम्बोधन गर्दै भने, ‘सबै विजेताले पाउने नियमका आधारमा होइन, दुवै देशलाई फाइदा पु¥याउने नियमका आधारमा हामी दुई देशबीचको स्वस्थ आर्थिक प्रतिस्पर्धा चाहन्छौं ।’

संयुक्त राज्य अमेरिकाले वासिङ्टनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण मानिएको उन्नत प्रविधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको पहुँचसीमित गरेर चीनबाट ‘जोखिम कम गर्न’ खोजिरहेको बताएको छ । अमेरिकाले धेरै चिनियाँ कम्पनीहरूलाई सबैभन्दा उन्नत चिप्समा पहुँचबाट रोक्नका लागि कालोसूचीमा राखेको छ भने आफ्ना सहयोगीहरूलाई पनि यसको अनुसरण गर्न दबाब दिएको छ ।

तर येलेनले प्रधानमन्त्री लीलाई वासिङ्टनले ‘केही परिस्थितिमा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षाका लागि लक्षित कदम चाल्नुपर्ने’ बताएका थिए । उनले भने, ‘यस्ता घटनामा हामी असहमत हुन सक्छौं । तर, हामीले कुनै पनि असहमतिले हाम्रो द्विपक्षीय आर्थिक र वित्तीय सम्बन्धलाई अनावश्यक रूपमा बिगार्ने असमझदारी निम्त्याउन दिनु हुँदैन ।’ लीले कठिन समयपछि बेइजिङले सम्बन्ध सुधार भएको देख्न सक्ने बताएका छन् ।

लीले अमेरिका चीन सम्बन्धमा सुधारको संकेत गर्दै भने, ‘हिजो जब तपाईं हाम्रो विमानस्थलमा आइपुग्नुभयो र विमानबाट बाहिर निस्कनुभयो, हामीले इन्द्रेणी देख्यौं ।’ उनले प्रसँगलाई जोड्दै अगाडि भने, ‘चर्को हावा र वर्षाको एक चरण अनुभव गरेपछि हामी शान्त इन्द्रेणी देख्न सक्छौं । यो अमेरिका–चीन सम्बन्धमा पनि लागू हुन सक्छ ।’ येलेनले आफ्नो भ्रमणका क्रममा वासिङ्टनले ‘हाम्रो अर्थतन्त्रको थोक पृथक्करण’ नचाहेको बताएका थिए ।

बेइजिङमा अमेरिकी चेम्बर अफ कमर्शले आयोजना गरेको एक सत्रमा येलेनले अमेरिकी व्यवसायका प्रतिनिधिहरूसँगको बैठकमा भने, ‘विश्वका दुई ठूला अर्थतन्त्रलाई टुक्र्याउने हो भने विश्व अर्थतन्त्रले अस्थिरताको सामना गर्नेछ ।’ अमेरिकी अर्थमन्त्री येलेनले भने, ‘यो लगभग असम्भव हुनेछ ।’

बेइजिङले येलेनको भ्रमणअघि राष्ट्रिय सुरक्षाको आधारमा सेमीकन्डक्टर उत्पादनका लागि महत्वपूर्ण धातुहरूमा नयाँ निर्यात नियन्त्रणको घोषणा गरेको थियो ।

अमेरिकी अर्थमन्त्रीले शुक्रबार अमेरिकी व्यवसायीहरूलाई वासिङ्टन प्रतिबन्धको बारेमा ‘चिन्तित’ रहेको बताएका थिए ।
तनावका बावजुद बेइजिङ भ्रमणबाट सकारात्मक नतिजा निस्कनेमा आशावादी छ र शुक्रबार चीनको अर्थ मन्त्रालयले भ्रमणले ‘दुई देशबीचको सञ्चार र आदानप्रदानलाई मजबुत बनाउने’ बताइसकेको छ ।

‘चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्धको प्रकृति पारस्परिक लाभप्रद र लाभकारी छ र व्यापार युद्ध वा ‘डिकप्लिङ र ब्रेकिङ चेन’ मा कोही पनि विजेता हुँदैन’ मन्त्रालयका एक अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शुक्रबार बिहान येलेनले आफ्ना पूर्वसमकक्षी तथा पूर्वउपप्रधानमन्त्री लिउ हे र चीनको केन्द्रीय बैंकका निवर्तमान गभर्नर यी गाङसँग ‘ठोस कुराकानी’ गरेको अमेरिकी ट्रेजरीका एक अधिकारीले बताएका छन् ।

‘उनीहरूले विश्वव्यापी आर्थिक दृष्टिकोणका साथै संयुक्त राज्य अमेरिका र चीनका लागि सम्बन्धित आर्थिक दृष्टिकोणका बारेमा छलफल गरेका थिए’ अमेरिकी अधिकारीले बताए । विश्लेषकहरूले येलेनको भ्रमणले सम्बन्धलाई न्यानो बनाउन मद्दत गर्नसक्ने बताएका छन् ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका ताओ वेन्झाओले भ्रमणबारे एएफपीसँग भनेका छन्, ‘येलेन वास्तवमा बाइडेन प्रशासनको व्यवहारिक र वार्तामा सफल सदस्य जस्तो देखिनुहुन्छ ।’

‘हामी येलेनको भ्रमणलाई स्वागत गर्दछौं र यसले कार्यात्मक स्तरमा दुबै पक्षलाई एक अर्कालाई न्यानो बनाउन अनुमति दिनुपर्छ भन्ने मलाई लाग्छ’ उनले भने । ताओले थपे, ‘हामी अहिले चीन–अमेरिका सम्बन्धलाई नयाँ आकार र पुनः निर्माण गर्दैछौं ।’
बिहीबार बेइजिङ अवतरणपछि ट्वीट गर्दै येलेनले अमेरिकाले आवश्यक पर्दा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्ने भए पनि ‘यो भ्रमणले संवाद गर्ने र गलत सूचना वा बुझाइबाट बच्ने अवसर प्रदान गरेको’ बताएका थिए ।

संयुक्त राज्य अमेरिकाले यसपटक विशेष नीतिगत सफलताको अपेक्षा गरेको छैन, तर भविष्यमा वार्ताका लागि मार्ग प्रशस्त गर्न सक्ने स्पष्ट र फलदायी कुराकानीको आशा गरेको छ, अमेरिकी ट्रेजरीका एक अधिकारीले बिहीबार पत्रकारहरूसँग भने ।

उनीहरूले भने, ‘विशेषगरी हामी असहमतिका बुँदाहमा छलफल गर्छौ भने यो अझ महत्वपूर्ण हुनेछ ।’ यस वर्षको सुरुमा संयुक्त राज्य अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई अमेरिकी आकाशबाट खसालेपछि दुई अर्थतन्त्रबीचको विवाद थप तनावपूर्ण बनेको थियो ।

ब्लिन्केनले उक्त घटनापछि आफ्नो चीन भ्रमण रद्द गरेका थिए तर अन्ततः गत जुनमा उनले चीनको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा दुवै पक्षले आफ्नो सम्बन्धलाई स्थिर बनाउने विषयमा सहमति जनाएका थिए ।

तर, येलेनले बेइजिङका अधिकारीहरूलाई उच्च–अन्त सेमीकन्डक्टरहरूमा कडा निर्यात प्रतिबन्धहरू लगाउने अमेरिकी कदमहरू राष्ट्रिय सुरक्षाको रक्षा गर्ने उद्देश्यले भएको तर चीनको आर्थिक वृद्धिलाई दबाउने प्रयास नभएका भनेर आश्वस्त पार्न कठिन संघर्षको सामना गर्नुपरेको छ ।

‘द वाल स्ट्रिट जर्नल’का अनुसार अमेरिकी प्रशासनले अमेजन र माइक्रोसफ्टजस्ता कम्पनीले प्रदान गर्ने अमेरिकी क्लाउड कम्प्युटिङ सेवामा चिनियाँ कम्पनीहरूको पहुँचमा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ ।

Previous Post

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति ः यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो विदेशीले होइन्

Next Post

गैँडा मारेको मुद्दामा फरार पक्राउ

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

गैँडा मारेको मुद्दामा फरार पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In