सिन्धुपाल्चोक । नेपाली सेनाको सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोड्ने बेलिबृज निर्माण सम्पन्न भएको छ।
२०७८ असार १ र १७ गते आएको बाढीले मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी गाउँपालिका जोड्ने पुल बगाएपछि सोही ठाउँमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बेलिब्रिज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ लगायतको उपस्थिति थियो।













