काठमाडौँ । ब्राजिलका फरवार्ड रोबेर्टो फिर्मिनो साउदी प्रो लिग क्लब अल अहलीमा गएका छन् ।
सिजनको अन्त्यसँगै लिभरपुल छोडेका फिर्मिनो फ्री-ट्रान्सफरमा अल अहली गएका हुन् । ३१ बर्षिय फिर्मिनोले अहलीमा तीन बर्षको सम्झौता गरेका छन् ।
अहलीले सेनेगलका गोल किपर एडोउआर्डलाई भित्र्याएपछि फिर्मिनोलाई भित्र्याएको छ ।
अल अहली साउदी अर्बको पब्लिक इन्भेस्टमेन्ट फण्डले लगानी गरेको चार क्लब मध्ये हो । फण्डले अल अहलीसहित अल नासर, अल इत्तिहाद र अल हिलालमा ७५ प्रतिशत लगानी गरेको छ ।
गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गए पछि अहिले विश्वका प्रमुख खेलाडी साउदी लिगमा जाने क्रम जारी रहेको छ । अहिलेसम्म करिम बेन्जमा, एन्गोलो कान्टे, रुबेन नेभेज, मार्सेलो ब्रोजोभिक, कालीडोउ कोउलीबाली लगायतका खेलाडी साउदी लिगमा पुगिसकेका छन् ।













