केसर हालेको दूध पिउनु स्वास्थ्यकाका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै होला पहिले पहिलेका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे । यसले विशेष गरी पुरुषमा सुक्रकिटको मात्रा र गुणस्तर दुवै बढाउनुका साथ पुरुषहरूको स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । केसरमा भएका विभिन्न पोषणतत्वहरु कारण पनि केसरलाई दूधसँग खाँदा हुने फाइदाहरु धेरै छन् —
– केसर हालेको दूधमा भएको क्याल्सियम र प्रोटिनले मांसपेशी र हड्डी बलियो बनाउँछ ।
– केसर हालेको दूध पिउँदा यसले शरीरका विषाक्त पदार्थ हटाउनुको साथै रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन । छाला र कपाल पनि स्वस्थ राख्छ ।
– दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाई कमजोरी भगाउनुको साथै यसले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ ।
– केसर हालेको दूधमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्नुको साथै क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।













