काठमाडौं । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाएपछि हटाइएको छ ।
दोस्रो पटक साम्पाङले सोमबार नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाए लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन निर्देशन गरेपछि सो बोर्ड हटाइएको हो ।













