माकुरो र जालो पर्यायवाची जस्तै लाग्छन्, तर सबै माकुराले जालो बुन्दैनन् । युरोपियन वाटर स्पाइडर भनिने एक माकुरो पानीमा पाइन्छ । यसले पानीभित्र हावा भरिएको घण्टी आकारको घर बनाएको हुन्छ । यसले आफ्नो घरलाई आफ्नो आमाशयमा सतहबाट भरेर ल्याएको हावाले भरेर राखेको हुन्छ ।
हावाले भरिएको त्यस घरमा उक्त माकुरोले अण्डा पार्ने र बच्चा हुर्काउने काम गर्छ । त्यसैगरी, जालो नबुन्ने अन्य केही माकुराले पात वा काठको खोक्रोमा एककोठे घर बनाएका हुन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













