काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् । उनी सोमबार दिउँसो राजनीतिक भ्रमणका लागि श्रीलंका प्रस्थान गरेका हुन् ।
नेपाल श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिष्ट तथा बामपन्थी पार्टीहरुको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलंका गएका हुन् ।
आफू विदेश भ्रमणमा जाने भएपछि उनले उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । नेपाल केही दिनअघि मात्रै विदेश भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए । नेपाली नेताहरूमध्ये धेरै विदेश भ्रमण गर्नेमा माधव अग्रपंक्तिमा छन् ।













