• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यसरी खानुस् खाना ….

by
१८ असार २०८०,
0
हेल्थ टिप्सः उमेरसँगै लाग्ने रोग र ध्यान दिनुपर्ने खानपान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– संस्कृतिमा हामी जे(जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्स

१ कति खाने र कति पटक खाने ?

अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुऱ्याउँछ ।

रोचक कुरा के छ भने, यो हर्मोनले अन्य कामहरू समेत गर्दछ । मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भाग हुन्छ, जसले केही सिक्ने, स्मरण वा याद गर्ने, सतर्क र सक्रिय रहने अनि कुनै चीजमा ध्यान केन्द्रित गर्ने जस्ता कामहरू सञ्चालन गर्दछ । घ्रेलिन हर्मोनले हिप्पोक्याम्सलाई उत्तेजित गराउँछ र यसको कार्यक्षमता बढाँउछ ।

यसको अभिप्राय हामीले कहिल्यै खाना खानुहुँदैन भन्ने पक्कै होइन, बरु यसले यो सङ्केत गर्दछ कि हामी कति खान्छौँ भन्नेप्रति सचेत हुनुपर्छ ।

तपाईंले दिनैभरी खाइरहनु हुँदैन । यदि तपाईं तीस बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, दिनमा तीन पटक भोजन गर्नु पर्याप्त हुन्छ । यदि तपाईंको उमेर तीस वर्षभन्दा बढी छ भने, दिनमा दुई छाक खाना खानु उत्तम हुन्छ । हाम्रो शरीर र दिमागले तबमात्रै सर्वश्रेष्ठ तरिकाले काम गर्छन्, जब पेट खाली हुन्छ ।

यदि तपाईं सचेत भएर खानुभयो भने, खाना खाएको साढे दुई घण्टामै खाना तपाईंको आमाशय वा पेटबाट बाहिर निस्किनेछ, अनि बाह्रदेखि अठार घण्टामै तपाईंको शारीरिक प्रणालीबाट बाहिर निस्किनेछ । यदि तपाईं यो सरल कुराप्रति सचेत रहनुभयो भने, तपाईंले आफूभित्र अझ बढी ऊर्जा, स्फूर्ति र सतर्कता महसुस गर्नुहुनेछ ।

२ खाना राम्रोसँग चपाउनुहोस्

राम्रोसँग चपाएर खाना खानाले पाचन(प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । अध्ययनहरूले यो देखाएका छन् कि पूरै पाचन प्रक्रियाको लगभग तीस प्रतिशत पाचन ऱ्यालले हुने गर्दछ । खाना खाइसकेपछि कम्तीमा पनि दुई घण्टासम्म नसुत्नुहोस् । पाचनले तपाईंको मेटाबोलिक प्रक्रिया ९खानालाई ऊर्जामा बदल्ने प्रक्रिया० लाई सक्रिय बनाउँछ ।

यदि तपाईं पेट टन्न भएको अवस्थामा पल्टिनुभयो भने, तपाईं न त राम्रोसँग सुत्न सक्नुहुन्छ, न त पाचन नै राम्रोसँग हुन्छ । यदि तपाईं खाना खानेबित्तिकै सुत्नुभयो भने, तपाईंले खानुभएको खानाको ठूलो हिस्सा नपचिकनै जान सक्छ । साथै, खाना खाइरहेको बेलामा पानी नपिउनुहोस् । खाना खानु केही समयअघि र खाना खाइसकेको ३० देखि ४० मिनेटपछि थोरै मात्रामा पानी पिउन सकिन्छ। तामाको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ ।

योगमा भनिन्छ कि तपाईंले एक गाँसलाई २४ पटक चपाउनुपर्छ ।″ यसको पछाडि थुप्रै वैज्ञानिक आधारहरू छन् । मुख्यतः तपाईंले खानुभएको खाना मुखमै लगभग पच्न सुरु हुन्छ, जसले गर्दा तपाईंको शरीरमा अल्छीपन र सुस्तता आउन दिँदैन ।

अर्को कुरा के हो भने, यदि तपाईंले २४ पटक चपाउनुभयो भने, त्यो भोजनको सूचना तपाईंको शरीरमा स्थापित हुन्छ अनि तपाईंको शरीरको प्रत्येक कोषिकाले तपाईंको लागि के ठीक हो र के बेठीक भन्ने कुरा तय गर्न सक्दछ( स्वादको आधारमा होइन, तपाईंको पूरै प्रणालीलाई के उपयुक्त छ भन्ने सन्दर्भमा । यदि तपाईंले यो अभ्यास गर्न थाल्नुभयो भने, केही समयपछि शरीरले के रुचाउँछ र के रुचाउँदैन भन्ने बारेमा शरीरको प्रत्येक कोषिकामा राम्रो ज्ञान हुनेछ ।

३ समय अनुसारको सही भोजन

यस संस्कृतिमा कुन समयमा कुन वनस्पतिहरू उपलब्ध छन् अनि शरीरको लागि के उचित छ भन्ने कुरामा आधारित रही गर्मीयाममा एक तरिकाले खाना बनाइन्थ्यो, वर्षायाममा अर्कै तरिकाले अनि जाडोयाममा भिन्दै किसिमले खाना बनाउने गरिन्थ्यो । यो समझदारीलाई आफ्नो जीवनमा लागू गर्नु राम्रो हुन्छ, साथै शरीरको आवश्यकता र बदलिँदो मौसम अनुसार खाना खानु उचित हुन्छ ।

उदाहरणको लागी जाडोयाममा गहुँ, गहत, तील जस्ता खाद्य पदार्थ खान सकिन्छ, जसले शरीरमा गर्मी बढाउँछ । जाडोयाममा, चिसो मौसमको कारण छाला फाट्ने समस्या हुन्छ । पहिले मानिसहरूले क्रिम वा लोसनको प्रयोग गर्दैनथे । उनीहरू दैनिक रूपमा तिलको प्रयोग गर्दथेस तिलले शरीरमा गर्मी बढाउँछ अनि छालालाई नरम राख्छ । यदि शरीरमा पर्याप्त मात्रामा उष्ण वा गर्मी भयो भने, छाला फाट्ने समस्या हुँदैन । त्यसैगरी, गर्मीयाममा शरीरमा धेरै गर्मी हुनाले शरीरलाई चिसो बनाउने खानेकुराहरू खाइन्थ्यो ।

४ सन्तुलित आहार

आज चिकित्सकहरू यो भनिरहेका छन् कि थुप्रै मानिसहरूमा मधुमेहको ९डायबिटिज० समस्या रहेको छ । यसको एउटा प्रमुख कारण हाम्रो आहार हो, किनकि हामीहरूको आहारमा प्रायः एउटै अनाज हुने गर्छ । मानिसहरू कि त चामल मात्रै खान्छन् वा गहुँ मात्रै खाइरहेका हुन्छन् । यसले निश्चय नै स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । आफ्नो भोजनमा फरक(फरक अनाजहरू प्रयोग गर्नु अपरिहार्य छ ।

पहिले-पहिले मानिसहरू सधैँ धेरै मात्रामा चना, दाल, फलफूल र अरू गेडागुडीहरू खाने गर्दथे । तर, बिस्तारै(बिस्तारै यो चलन हराउँदै गएको छ, अनि अहिले हाम्रो थालमा हेर्ने हो भने, धेरै भात र थोरै तरकारी हुन्छ । यो एउटा गम्भीर समस्या हो । पछिल्लो २५ देखि ३० वर्षमा मानिसहरूले आफ्नो आहारमा अत्यधिक कार्बोहाईड्रेट समावेश गर्न थालेका छन्, जसलाई परिवर्तन गर्न एकदमै जरूरी छ ।

किनकि, अत्यधिक कार्बोहाइड्रेट उपभोग गर्नाले स्वास्थ्यमा नरामो असर गर्छ । मानिसहरूले यो आधारभूत कुरालाई बुझ्न एकदमै जरूरी छ । तपाईंले खाने खानामा अरू चीजहरू बढी हुनुपर्छ, भात होइन । तपाईंलाई कति भोक लागेको छ, त्यसकै आधारमा भात खाने वा नखाने भनेर रोज्न सक्नुहुन्छ।

५ दुई भोजनको बीचमा अन्तराल हुनुपर्छ

योगमा यो स्पष्ट भनिएको छ कि पहिलो भोजनपछि, लगभग ८ घण्टापछि मात्रै अर्को भोजन गर्नुपर्छ । यसलाई तपाईं घरबाट बाहिर भएको बेलामा समेत पालन गर्न सक्नुहुन्छ । यो त भयो योगमा भनिएको कुरा, तर सामान्य स्थितिमा समेत तपाईंले दुई भोजनको बीचमा कम्तीमा पनि ५ घण्टाको अन्तराल राख्नैपर्छ ।

यसको कारण के हो भने, पेट खाली हुँदा मात्रै हाम्रा मल(उत्सर्जन तन्त्रहरूले राम्रोसँग काम गर्न सक्छन् । यदि तपाईंको पाचन प्रणालीमा खाना पचाउने क्रिया निरन्तर चलिरह्यो भने, शरीरको केही ऊर्जा स्वतः त्यसैमा लागिरहन्छ, जसले गर्दा तपाईंको शरीर र दिमाग उत्तम तरिकाले काम गर्न सक्दैनन् ।

६ भोजनको सन्दर्भमा बानी नबसाल्नुहोस्

स्वस्थबर्धक खानपिनको बारेमा कुरा गर्दै सद्‌गुरु हामीलाई यो स्मरण गराउँदै हुनुहुन्छ कि भोजनको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले के खाने र के नखाने भनेर जान्ने सबैभन्दा राम्रो तरिका भनेको आफ्नै शरीरलाई सोध्नु हो । भोजनको सन्दर्भमा हामीले कुनै बानीको विकास गर्न जरूरी छैन, बरु समझदारीले सचेत भई आफ्नो आहार रोज्नु राम्रो हुन्छ ।

त्यही खानुहोस्, जे शरीरको लागि उचित छ । तपाईंले आफ्नो शरीरसँग प्रयोग गर्न सक्नुहुन्छ । आज, एक प्रकारको खाना खानुहोस् अनि हेर्नुहोस् कि तपाईंको शरीरमा कति स्फूर्ति र सतर्कता आउँछ । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई सुस्त बनाउँछ भने, त्यो सही खाना होइन । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई अझ जीवन्त बनाउँछ भने, त्यो सही खाना हो । ९कफि बाहेक, किनकि त्यसले तपाईंको स्नायु(प्रणालीलाई उत्तेजित गर्दछ ।०

७ खाना खानुअघि केहीबेर पर्खिनुहोस्

मानिलिनु होस् कि तपाईं एकदमै भोकाउनु भएको छ अनि तपाईंको अगाडि खाना राखिएको छ— तब के हुन्छ रु तपाईं एकै गाँसमा निल्न चाहनुहुन्छ १ वास्तवमा, जब तपाईं एकदमै भोकाउनु भएको हुन्छ, त्यतिखेर तपाईंको शरीरले एउटा मात्र कुरा चाहन्छ— चाँडोभन्दा चाँडो खाना खान । तर, त्यसबेला तपाईं एकछिन पर्खिनुहोस् ।

खान शुरु गर्नु पहिले ती प्रत्येक व्यक्ति र चीजप्रति आभार व्यक्त गर्नुहोस्, जसमार्फत यो भोजन तपाईंसम्म आइपुगेको छ— त्यो खेत, ती किसान, ती व्यक्ति जसले खाना पकाए अनि ती व्यक्ति समेत जसले खाना पस्किए ।

योबाहेक, खानालाई समेत धन्यवाद दिनुहोस्, किनकि यसले तपाईंको लागि आफ्नो जीवन बलिदान गरेको छ । भलै, तपाईंलाई यो कुरा सामान्य लाग्न सक्छ, तर यो अभ्यासले शरीरसँग रहेको तपाईंको बन्धनलाई खुकुलो बनाउँछ । यो अभ्यासबाट तपाईंमा यो बोध हुन्छ कि तपाईं शरीर मात्र होइन । जब तपाईं एकदमै भोकाउनु हुन्छ, तपाईं केवल शरीर बन्नुहुन्छ । आफूभित्र अलिकति स्थान दिनुहोस्, तब तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंमा भोक कम भएको हुन्छ । भोक जहीँको त्यहीँ हुन्छ, तपाईं पनि त्यहीँ हुनुहुन्छ, तैपनि यस्तो लाग्दछ कि मानौँ सबै ठीकठाक छ ।

गौतम बुद्धले यस हदसम्म भनेका थिए कि “जब तपाई निकै भोकाउनु भएको हुन्छ अनि तपाईंलाई खानाको एकदमै आवश्यकता हुन्छ, त्यसबेला यदि तपाईंले आफ्नो खाना अरू कसैलाई दिनुभयो भने तपाईं अझ बलियो बन्नुहुनेछ ।” म त्यस हदसम्म त जाँदिनँ । म यति भनिरहेको छु ‘केवल दुई मिनेट पर्खिनुहोस्’, यसले निश्चय नै तपाईलाई शक्ति दिनेछ । तपाईंमा जे(जति कुराप्रति बाध्यात्मक प्रवृत्ति रहेको हुन्छ, तपाईं यो तरिका अपनाउन सक्नुहुन्छ— केवल दुई मिनेट पर्खिनुहोस्स यसले तपाईंलाई मार्दैन, यसले तपाईंलाई निकै शक्ति दिनेछ १

प्रकाशित मिति स् २० कार्तिक २०७८, शनिबार १० स् ३८ बजे

Previous Post

‘जलवायु परिवर्तनले भोकमरी र पीडाको भविष्य निम्त्याउने खतरा’

Next Post

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In