१. राष्ट्रिय परीक्षा बोर्डको आय–व्ययको लेखापरीक्षण कोबाट हुने व्यवस्था छ ?
– महालेखा परीक्षक
२. नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ अनुसार शिक्षा सम्बन्धी कामका जिम्मेवारी पूरा गर्न व्यवस्था गरिएको मन्त्रालय कुन हो ?
— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
३. नेपालको संविधान बमोजिम माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
– स्थानीय ।
४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार शिक्षासँग सम्बन्धित कति ओटा अधिकार क्षेत्र रहेका छन् ?
– २३ ।
५. विद्यालय तहको शैक्षिक प्रमाणपत्र विदेशी बोर्डको भए नेपालमा त्यसको समकक्षता कसले निर्धारण गर्छ ?
– पाठ्यक्रम विकास केन्द्र
६. नेपालको संविधान बमोजिम प्रदेश सरकारको कार्यक्षेत्र भित्र नपर्ने विषय कुन हो ?
– माध्यमिक शिक्षा
७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका र नगरपालिकाको काम, कर्तव्य र अधिकारभित्र नपर्ने कुन हो ?
– अनिवार्य तथा निशुल्क माध्यमिक शिक्षक ।
८. शिशु विकास केन्द्र स्थापना गर्न चाहिने पूर्वाधारमा नपर्ने कुन हो ?
– बालबालिका लाने ल्याउने उपयुक्त सवारी साधन भएको
९. वर्तमान कानुनी व्यवस्था अनुसार र पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो ?
– वडा समिति
१०. शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्ति हुन नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा कम्तीमा कति वर्षको सेवा गरेको हुनुपर्ने व्यवस्था शिक्षा ऐनमा छ ?
– अनुभव भए पुग्छ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













