कामकाजी व्यक्तिले स्वास्थ्यको पनि विचार गर्न पाइरहेका हुँदैनन् । उनीहरु थकान र आलस्य अनुभव हुन्छ । सुत्नुअघि तोरीको तेल शरीरमा दल्दा थकान र आलस्यबाट आराम पाइन्छ । तोरीको तेलले मसाज गर्दा शरीरमा जमेको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ ।
तोरीको तेलमा भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषकतत्त्व, एन्टीअक्सिडेन्ट र औषधीय गुण भरपूर पाइन्छ पाइनो हुँदा यसले शरीरमा राम्रोसँग रक्तसञ्चार गर्छ । मांसपेशी र हाडहरू बलियो बनाउँछ । खासगरी पाइताला र नाभिमा तोरीको तेलले मसाज गर्नु एकदमै फाइदाजनक मानिएको छ ।
सुत्नुअघि तोरीको मनतातो तेलले पाँच मिनेटसम्म पैतालाको मसाज गर्नाले दिनभरिको थकान, पीडा र स्ट्रेस भागेर राम्रो निद्रा लाग्छ । मांसपेशी र हाड बलियो बन्छ अनि जोर्नी तथा शरीरका अन्य भागको पीडा हराउनुको साथै आँखाको तेज बढाउन पनि सहायता गर्छ ।
सुत्नुअघि पाँच मिनेटसम्म नाभिमा तोरीको तेलले मसाज गर्दा पाचन प्रणाली दुरुस्त भएर पेट दुख्ने समस्या गायब हुन्छ । ओठ फुट्ने समस्या हराउनुको साथै आँखा पोल्ने, चिलाउने र सुक्खा हुने समस्या पनि यसले कम गर्छ ।













