श्रीमतीः हेर त त्यो केटो त्यस केटीलाई चुम्बन गरिरहेको छ । के तिमी पनि यस्तो गर्न सक्छौ ?
श्रीमान्ः म त, त्यो केटीलाई चिन्ता पनि चिन्दिनँ…. ।
कपडा खोल्न त होइन नि
एक जना युवती स्विमिङ पुलमा आइन् । उनलाई पौडी खेल्न मन लाग्यो, यताउता हेरिन् र फटाफट आफूले लगाएका कपडा खोल्न थालिन् । सबै कपडा खोलेर पोखरीको डिलबाट हाम फाल्न तम्तयार भइन् ।
यत्तिकैमा एकजना मानिस बोल्यो यस पोखरीमा पौडी खेल्न मनाही गरिएको छ ।
युवतीः तिमीले मलाई त्यति बेला किन बताएनौ, जति बेला मैले आफ्ना कपडा खौल्दै थिएँ ।
मानिसः नुहाउन पो मनाही छ कपडा खोल्न त होइन नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













