तपाईंले कुकुर पाल्नुभएको छ भने होस् पु¥याउनुहोस्, कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाट्नसक्छ । किनकि कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ ?
जतिसुकै सफा सुग्गर गरेर पालेको भए पनि कुकुरको मुख सफा हुँदैन ।
उसले फोहोरमा मुख गाडेको हुन सक्छ र पाएसम्म दिसा पनि खाइदिन्छ । त्यति मात्र नभई कुकुरले आफ्नो दिशा छोप्नका लागि कुनाकाप्चा खोज्ने हुनाले उसको नाकमा धेरै किटानुहरु हुन सक्छन् । त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा विभिन्न संक्रमणहरु हुन सक्छ ।
स्टाफाइलोकोकस औरियस नामक खतरनाक संक्रमण भयो भने त झन् तपाईंको अनुहार लगायत अन्य अङ्गहरु हेर्नै नसकिने गरी विकृत हुनसक्छन् त्यसैले कुकुरलाई कहिल्यै पनि चुम्मा लिन वा चाट्न नदिनुस् ।













