दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिन सक्छ । बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई भएको पाइन्छ ।
सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको विभिन्न अध्ययनहरुले देखाएका पनि छन् ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउन सक्ने हुनाले त्यस्ता मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गर्छ ।
सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गर्छ भने उनीहरुमा नकारात्मक सोँचको विकास हुने हुनाले जीवनमा नै नकारात्मक असर समेत पर्नुको साथै मानसिक असन्तुलन समेत हुन सक्छ ।
मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव चिकित्सकहरुले पनि दिने गरेको पाइन्छ ।












