छोराः मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैँ टेन्सनमा रहनुहुन्थ्यो कि कहीँ प्लेट फुट्ने त हैन भनेर ।
मम्मीः याद छ छोरा, त किन र ?
छोराः मम्मी, सम्झिनुस् आजदेखि तपाईंको टेन्सन समाप्त भयो ।
चकटिको व्यवस्था गरिदिनु प¥यो
१० ओटा चकटिमा १० ओटा योगीहरु योगासनम बसिरहेका थिए । त्यतिकैमा एउटा बिरक्तिएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, महात्मा, मलाई कुनै केटीले पनि वास्ता गर्दैनन्, सबै प्रयासहरु बिफल भए, अब म के गरौँ ।
साधुः (अर्काे साधुसँग स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको व्यवस्था गरिदिनुप¥यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












