• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

by
१४ असार २०८०,
0
हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – असार शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षिंरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएका हो ।

भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस एकादशीमा नेपाल, भारत लगायतका मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीले व्रत राख्नुका साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

पुराणका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म ९चतुर्मास० पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ’देवशयनी’ तथा कार्तिक शुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिन्छ ।

एकादशी व्रतविधि
– एकादशीको दिन प्रातःकाल उठेर घरको सरसफाई तथा नित्य कर्मबाट निवृत्त हुने ।
– स्नान गरेर पवित्र जल घरमा छर्कने ।
– घरको पूजा स्थल वा पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको मूर्ति स्थापना गर्ने ।
– मूर्ती सुन, चाँदी, तामा अथवा पितलको हुनु पर्दछ । अन्यथा तस्बिर राख्ने ।
– तत्पश्चात षोड्शोपचार सहित पूजन गर्ने ।
– त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने ।
– तत्पश्चात व्रत कथा सुन्ने ।
– त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने ।
– अन्तमा सेतो खोलले ढाकेको ओच्छ्यान बनाई श्रीविष्णुलाई शयन गराउने ।

पूजा गर्ने व्रतालुले चार महीनासम्म आफ्नो रुचि अथवा अभिष्टका अनुसार नित्य व्यवहारका पदार्थको त्याग र ग्रहण गर्ने । देह शुद्धि या सुन्दरताका लागि पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुन एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

यो चार महिनामा मधुर स्वरका लागि सख्खर, दीर्घायु अथवा पुत्र–पौत्रादि प्राप्तिका लागि तेल, शत्रुनाशादिका लागि तिलको तेल, सौभाग्यका लागि मिठो तेल, स्वर्ग प्राप्तिका लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने । खाटमा सुत्ने, मैथुन गर्ने, झूठो बोल्ने, माछामासु, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, भण्टा आदिलाई पनि खानु हुँदैन । यसलाई त्याग्नु पर्दछ ।

हरिशयनी एकादशीको व्रतकथा
एक पटक देवऋषि नारदजीले ब्रह्माजीसँग यस एकादशीका विषयमा जान्ने उत्सुकता प्रकट गरे, ब्रह्माजीले उनलाई बताए – सत्य युगमा मान्धाता नामक एक चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा निकै सुखी थिए । भविष्यमा के हुन्छ, यो कसैलाई थाह थिएन । अतः उनी पनि यस कुराबाट अनभिज्ञ थिए कि उनको राज्यमा शीघ्र भयंकर अकाल पर्ने छ । उनको राज्यमा पूरै तीन वर्षसम्म वर्षा नभएका कारण भयंकर अकाल पर्यो ।

यस दुर्भिक्ष अकालले चारैतर्फ हा–हाकार मच्चियो । धर्म पक्षको यज्ञ, हवन, पिण्डदान, कथा–व्रत आदिमा कमी भयो । समस्या परेको समयमा धार्मिक कार्यमा प्राणीको रुचि कहाँ रहन्छ रु प्रजाले राजासँग गएर आफ्ना वेदनाहरू भने । राजा त यस स्थितिलाई लिएर पहिले देखि नै दुःखी थिए । उनी सोच्न लागे कि आखिर मैले यस्तो कुन पाप कर्म गरेँ छु, जसको दण्ड मलाई यस रूपमा मिलिरहेको छ रु फेरी यस कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले राजा सेनालाई लिएर जंगल तर्फ गए ।

त्यहाँ विचरण गर्दा–गर्दै एक दिन उनी ब्रह्माजीका पुत्र अंगिरा ऋषिको आश्रममा पुगे । उनलाई साष्टांग प्रणाम गरे र ऋषिवरले आशीर्वचनोपरांत कुशल गाथ सोधे । फेरि जंगलमा विचरण र आफ्नो आश्रममा आउनाको प्रयोजन जान्न चाहे ।

तब राजाले हात जोडेर भने– ’महात्मन् । सबै प्रकारले धर्मको पालन गर्दा गर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य देखिरहेको छु । आखिर कुन कारणले यस्तो भइरहेको छ, कृपया यसको समाधान गर्नुस् ।’ यो सुनेर महर्षि अंगिराले भने, ‘हे राजन । सब युगहरू भन्दा उत्तम यही सत्य युग हो । यसमा सानो पापको पनि निकै भयंकर दण्ड मिल्दछ । यसमा धर्म आफ्ना चार चरणमा व्याप्त रहन्छ ब्राह्मणका अतिरिक्त कुनै अन्य जातिलाई तप गर्ने अधिकार छैन । तपाईंको राज्यमा एक शूद्र तपस्या गरिरहेको छ । यही कारण भएर तपाईँको राज्यमा वर्षा भइरहेको छैन । जबसम्म त्यो काललाई प्राप्त हुन्न, तबसम्म यो दुर्भिक्ष शान्त हुनेछैन । दुर्भिक्षको शान्ति उसलाई मारेर नै सम्भव छ ।’

किन्तु यति वचन सुनी राजाको हृदय एक नरपराध शूद्र तस्बिरको शमन गर्नलाई तयार भएन । उनले भने– ’हे देव म उस निरपराधलाई मारी दिउँ, यो कुरा मेरो मन स्वीकार गरिरहेको छैन । कृपा गरेर तपाईँ कुनै अरु उपाय बताउनुहोस् ।’ महर्षि अंगिराले भने, ‘असार महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नु । यस व्रतका प्रभावले अवश्य नै वर्षा हुनेछ ।’ त्यसपछि राजा आफ्नो राज्यको राजधानी फर्किआए र चारै वर्णहरूसहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत गरे । व्रतका प्रभावले उनको राज्यमा मुसलधारे वर्षा भयो र पूरा राज्य धन–धान्यले परिपूर्ण भयो ।

एक वर्षमा २४ एकादशी पर्दछन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

Previous Post

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद, सार्वजनिक बिदा

Next Post

चुट्किलाः टेन्सन समाप्त भयो

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः टेन्सन समाप्त भयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In