झापामा १ हजार ५५० हेक्टर वन अतिक्रमण गरिएको छ। जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा ८०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। शान्तिनगरमा ४२१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए।
सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा १११, दमकमा ११ दशमलव ५, पृथ्वीनगरमा २ र राजगढमा २६ दशमलव ५ हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ।
झापाका २ स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ। भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।













