बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जना छुटेका छन्।
अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले कागज गराएर छाडेको हो।
मंगलबार पक्राउ परेका ७ मध्ये तीन जनाले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर’ लिएको पाइएपछि उनीहरूलाई छाडिएको हो।
‘स्टे अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेका छन्।
सीआईबीले यस प्रकरणमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की छन्।













