पाँचथर । अबिरल बर्षाको कारण मेची राजमार्ग स्थित हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा ९सवारी साधन सुचारू० भएको छ । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न हेवाखोलामा अस्थायी रुपमा डाइभर्सन पुल संञ्चालनमा आएको हो ।
गत असार ३ गते आएको अबिरल बर्षाको कारण फिदिन नगरपालिका-४ र हिलिहाङ-७ लाई जोडने हेवाखोलाको पुल बगाइ सवारी साधनको आवागमन ठप्प भएको थियो ।
हाल हेवाखोलामा तुइन, फड्के तथा डाइभर्सन पुल सञ्चालनमा रहेका छन । यी संरचनाहरुको निर्माणसंगै केहीदिन देखि रोकीएका सवारी साधन सहज रुपमा आवत जावत गर्न सक्नेछन् ।
अस्थायी रुपमा निर्माण भएको यो डाइभर्सन पुल कुनै पनि बेला प्राकृतिक विपतको अवस्थामा क्षती भए पुनस्बाटो अवरुद्द हुन सक्ने भएको हुदाँ यो मार्ग भइ आवतजावत गर्ने सबैमा आधिकारीक सूचनाको आधारमा मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।













