• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभ्रे जिल्लाको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो ‘फेइकल कोलिफर्म–इकोली’

by
१२ असार २०८०,
0
काभ्रे जिल्लाको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो ‘फेइकल कोलिफर्म–इकोली’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो।

कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमुनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ। परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले बताए। उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य कीटाणु भेटिएको हो।

‘जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ’, स्वास्थ्य कार्यालय डा सेढाईंले भने। अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ। कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य कीटाणु भेटिएको उनले बताए।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छ।

खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ। ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेरमात्रै पानी पिउनुपर्छ’, उनले भने।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ। कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको समेत स्वास्थ्य प्रमुख सेढाईंले बताए। उनले भने ‘सम्भावित हैजाको महामारी रोकथामको प्रयास गरिरहेका छौं।’

कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ। दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्ध वृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो।

यस्तै खाना बनाउनुअघि र पछि, दिसा पिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुन पानीले हात धुन पनि आग्रह गरिएको छ। यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ।

Previous Post

इयूले युक्रेनलाई ३ अर्ब युरोको सैन्य सहायता दिने

Next Post

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त: सात वर्षमा ५० हजार जडान

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त: सात वर्षमा ५० हजार जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In