• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुचि नै नभएका सरोज कसरी बने निर्देशक ?

by
१२ असार २०८०,
0
रुचि नै नभएका सरोज कसरी बने निर्देशक ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बनेका छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर, पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा निर्देशक थपिँदै छ ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउँछन्। ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो। त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो। त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आमदर्शक र समाजसम्म पु-याउनुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘यो कथामार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरेँ। मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो।’

आफूलाई कथावाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे। किनकी उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त थिए। तर, उनीहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन।

‘मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताइनँ। केवल चरित्र र दृश्यलाई सम्झाएँ’, अभिनेता खनालले भने, ‘नीर राजा ९नीर शाह० लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भनेँ, यसरी हामीले छायाङ्कन सकेका थियौँ।’

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए। त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन्। आफैँले धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन्।

‘अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो। यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ। साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल साबित गर्नुभएको छ’, उनले भने। चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ।

चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको सङ्घर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताए । उनले भने, ‘मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन्। त्यसपछि उनको जीवनशैली नै फेरियो। ती बहिनी एक्लो भएको मैले महससु गरेँ’, उनले भने, ‘बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन। केही वर्षअगाडि उनको पुनःविवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु। ती बहिनी बल्ल जीवन बाँचेकी छन्।’

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाए। आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ। यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए। चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

Previous Post

मन्त्री किराँतीले प्राधिकरणका महानिर्देशकलाई सोधे स्पष्टीकरण

Next Post

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In