ठण्डी गर्मी, सुख दुःखलाई सहनैपर्छ । हानिलाभ, जितहार, निन्दास्तुतिमा समता ल्याउनैपर्छ । तिन गुणको साक्षी बन, द्वन्द्वको स्वभाव सम्झ, आफ्नै निर्णयद्वारा आपैmमा बस । कसैले केही भन्ला कि, भोलि के हुने हो यस प्रकारका चिन्ता नगर, स्फुर्तिलो र साहसी बन ।
अनासक्त भएर कर्म गर, सफलता र असफलतामा मुसुक्क हाँस्न सिख । शुभ अशुभले धुन नसक्ने असङ्ग बुद्धि नै प्रज्ञा हो । आपैmले आपैmमा सन्तुष्ट भएर सबै कामनालाई बिदा देऊ । राग, भय र क्रोधको बस्ती छोडिदेऊ । उद्विग्नता कसरी, कहाँँबाट र किन आउँछ राम्ररी हेर । यस्तो भइदिए हुन्थ्यो, रहे हुन्थ्यो भन्ने स्पृहालाई छोडिदेऊ । आफ्ना इन्द्रियलाई आपैmमा फर्काएर शान्त रहन सिख ।
इच्छा र अपेक्षाबाट स्वतन्त्र भएको बुद्धिले शुद्ध भावना गर्न सक्छन्, शुद्ध भावनामा परम मौनको शान्ति छ, हुन्छ ।
मोह छोडेर, नम्र भएर अनावश्यक आकाङ्क्षाहरूको व्यर्थता सम्झेर प्रसन्नतामा विचरण गर । आपैmमा सन्तुष्ट रहेर आफ्ना हृदयमा प्रवेश गरेपछि वेदका विधि निषेधमा पर्नुपर्दैन । गुणले गुणसँग व्यवहार गर्छन् यो सत्य देखेर निरालम्ब र निर्लिप्त जीवनयापन गर । इन्द्रियको केन्द्र मन हो, मनको केन्द्र प्राण हो । प्राणको केन्द्र विज्ञान हो, विज्ञानको मूल ज्ञान हो । ज्ञानको स्रोत हो परम मौन, त्यहाँ जाऊ ।
आशा छन् जारी, नयाँ नयाँ रूप लिएर छल गर्ने आकाङ्क्षालाई जित्नैपर्छ । समग्रताले कर्म गर गर्ने को हो उसलाई हेर । केही गर्नु छ, कहीँ पुग्नु छ भन्ने इच्छा नै जसले समाप्त ग¥यो, ऊ सदाशिवमा प्रवेश गर्छ । केही नचाहनु, कसैको विरोध नगर्नु, साँचो सन्यास हो । निद्र्वन्द्व हुने बित्तिकै सबै बन्धन आपैm चुडिन्छन् ।
म भएर बाँच्ने को हो ? यो जिज्ञासा नै श्रद्धा हो । यस श्रद्धामा जति गहिरोपन र स्थिरता ल्याइन्छ । त्यसै अनुपातमा ज्ञानोदय हुन्छ र ज्ञानद्वारा दिव्य शान्ति स्वतः स्पूmर्त रूपमा आउँछ ।
विकल्पबाट मुक्त भक्त हुन्छ । सङ्कल्पबाट पनि मुक्त हुने भोगी हुन्छ । जो इच्छा भय दुवैबाट स्वतन्त्र छ ऊ ज्ञानी हुन्छ । धैर्यपूर्वक श्वास प्रवाहको अवलोकन गरी वैराग्यलाई जीवनमा आमन्त्रित गर्नुहोस् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













