सुत्ने तरिकाले पनि हाम्रो स्वास्थ्यमा असर परिरहेको हुन्छ । आयुर्वेदका अनुसार हाम्रो मुटु देब्रेतर्फ हुने हुँदा देब्रेतर्फ पल्टेर सुत्दा गुरुत्वाकर्षणको सहायताले मुटुको लसिका (लिम्फ) निस्कन सहज हुन्छ । त्यसैले देब्रेतर्फ पल्टेर सुत्दा राम्रो निद्रा लाग्छ र स्वास्थ्य पनि राम्रो हुन्छ ।
देब्रेतर्फ कोल्टे परेर सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरभित्र रहेको फोहर सजिलै सानो आन्द्राबाट ठूलो आन्द्रामा पुग्छ । यसले गर्दा शरीरको पाचनतन्त्र पनि राम्रो हुन्छ । र तपाईं सुत्दा मुटुको कार्यबोझ कम हुन्छ । अनि मुटुले राम्रोसँग काम गर्छ र शरीर स्वस्थ रहन्छ ।
देब्रेतर्फ कोल्टे परेर सुत्दा जिभ्रो र घाँटी दुवै न्युट्रल पोजिसनमा रहने हुँदा यसले एयरवेज सफा हुन्छ र सजिलै सास फेर्न सकिन्छ । घुराइ पनि कम हुन्छ ।
देब्रेतर्फ कोल्टे परेर सुत्दा गर्दन र पिठ्युँको पीडा कम हुनुको साथै मिर्गाैला र कलेजोको कामलाई पनि सजिलो बनाउँछ । देब्रेतर्फ सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरमा रक्तसञ्चार राम्रो हुने हुँदा ब्रेनमा पनि सकारात्मक असर पर्छ ।
गर्भवती महिलाले देब्रेतर्फ फर्केर सुत्दा ढाडमा पर्ने दबाब कम हुन्छ । अनि गर्भाशय र भ्रुणसम्म रगतको प्रवाह पनि बढ्छ । गर्भवती महिलाले सुताइलाई थप आरामदायक बनाउनका लागि घुँडालाई अलिकति मोडेर बीचमा तकिया पनि राख्न सक्छन् ।













