• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समुन्नत पोखरा निर्माणमा पोखरा महानगरपालिका

by
१० असार २०८०,
0
पोखरा महानगरको बजेट सात अर्ब १५ करोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए ।

विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै सजगतापूर्वक आवश्यक रणनीति अवलम्बन गरिने महानगरको योजना छ । पर्यटन, पूर्वाधार विकास, मानव संसाधन विकास, उद्यमशीलता, सुशासनलाई केन्द्र विन्दुमा राखी तदनुरुप नीति योजना र कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“सरकारलाई पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न अनुरोध गर्दै समग्र पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोच लागू गरिनेछ”, प्रमुख आचार्यले भने ।महानगरपालिकाका महाशाखा, शाखा तथा वडाको सेवालाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । मेलमिलाप पद्दतिलाई वडा तहसम्म प्रभावकारी बनाउने महनगरको योजना छ ।

नागरिकलाई प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन विभिन्न ११ विषयगत काउन्टर सञ्चालनमा ल्याइ सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहका लागि ‘एकद्वार प्राणाली’ सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताए ।

तीन अर्बको लागतमा बहुप्रतिक्षित तालचोक बेगनास नमुना सडक विश्व बैङ्कको सहयोगमा निर्माण कार्य यसै वर्षदेखि द्रुत गतिमा अगाडि बढेको छ । कोत्रे दोबिल्ला हुँदै बिरौटा जोड्ने वैकल्पिक राजमार्ग स्तरोन्नतिको काम सुरु भएको महानगरपालिकाले जनाएको छ ।
कृषकद्वारा उत्पादित सामग्री उत्पादन स्थलबाटै सङ्कलन गरी सहरी क्षेत्रका कृषि बजारसम्म पुर्याउनका लागि चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले तर्जुमा गरेको त्रिवर्षीय आवधिक योजनाको समयावधि आव २०८०÷८१ मा सकिने भएकाले आगामी आव भित्र स्थलगत विशेषतामा आधारित दोस्रो आवधिक योजना तर्जुमा गरिने उल्लेख छ ।

हरेक वडामा गुनासो सुनुवाइको व्यवस्था मिलाइने र हेलो मेयर सेवालाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।महानगरमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरिने र सेवाप्रवाह तथा सङ्गठन व्यवस्थापनका लागि सुशासन प्रवद्र्धन समितिलाई थप सक्रिय बनाइने छ । विजयपुर पारिको महानगर क्षेत्रलाई पायक पर्ने गरी एक दमकल र एक एम्बुलेन्स सोही क्षेत्रमा रहने व्यवस्था मिलाइने छ । एक घर दुई बिरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षरोपण कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने र आव २०८१÷८२ भित्र दुई लाख बिरुवा रोपण गर्ने गरी हरित पोखरा निर्माणका लागि ‘क्लिन पोखरा ग्रीन पोखरा’ परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ ।

‘समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहर’ को अवधारणा, ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यता स्थापित गर्न पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवद्र्धन गर्ने महानगरको योजना छ ।
पोखराको लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लेकसाइड क्षेत्रलाई २४सै घण्टा खुला गर्न पहल गरिने बताए ।

बेगनास ताललगायत तालमा सम्भाव्यता अध्ययनका आधारमा वाटर स्पोर्टस् सञ्चालन गर्ने कार्यक्रमलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखराको पुरानो बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर र सार्वजनिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सम्पदा पर्यटकीय स्थलको रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने भन्दै नीति तथा कार्यक्रममा फेवा, बेगनास, रुपालगायत रामसार सूचिमा सूचिकृत तालको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

आगामी दुई वर्षभित्र पोखरा–९, पृथ्वीचोकमा पर्यटन सूचना केन्द्र, वाचनालय, घण्टाघर र सार्वजनिक पुस्तकालय रहने गरी पोखरा भवन (कोसेली घर) निर्माण गरिने प्रमुख आचार्यले बताए ।‘कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ अवधारणका साथ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आधुनिकीकरण तथा यान्त्रीकरण प्रविधि प्रयोगमा ल्याई उत्पादन तथा उत्पादकत्व वृद्धि गरी तरकारी, दूध, माछा, मासु, अण्डा र पुष्प जस्ता वस्तुमा आत्मनिर्भर बनाउन जोड दिइने छ ।

कृषि उपज बजारीकरणका लागि ‘बारीदेखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने छ । कृषि उपज सङ्कलन, भण्डारण र बजार पहुँच विस्तारका लागि कृषि एवं उत्पादनमा जाने सहकारीलाई प्रवद्र्धन गर्दै एक सहकारी एक व्यावसायिक उत्पादनमार्फत, उद्योग तथा रोजगारी अभियान सञ्चालन गरिने नीति छ ।

‘बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार’ नारालाई चरितार्थ गर्न श्रम बजारको माग र आवश्यकता अनुरूप सहज रूपमा दक्ष जनशक्ति आपूर्ति हुने व्यवस्थाका लागि व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने छ ।

‘स्वदेश मै भर परौंँ, स्वदेश मै केही गरौँ’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई बिस्तार, विकास र आधुनिकीकरण गरिने छ । महानगर गौरवको आयोजनाको परिभाषा र मापदण्ड तयगरी तोकिएका मापदण्ड पुरा गर्ने आयोजनालाई मात्रै गौरवको आयोजनाको रूपमा सूचीकृत गरी मध्यकालीन खर्च संरचनामा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्गका लागि अध्ययन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लामेआहालमा निर्माण गरिने अत्याधुनिक बस टर्मिनलको जग्गा प्राप्ति लगायतका कार्य प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइने बताए ।प्राज्ञिक क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम तय गरी पोखरामा नाटक तथा रङ्गमञ्चको प्रवद्र्धनलाई टेवा पु¥याउने नीति लिइने छ । महानगरका सबै वडाबाट निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने महानगरप्रमुख आचार्यले बताए ।

Previous Post

आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महा लक्ष्मीको साथ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In