पछिल्लो समय मःम लाई लोकप्रिय खाजाको रुपमा लिने गरिन्छ । स्टीम तथा फ्राई मःम स्वाद मानी मानी खानेको संख्या अत्यधिक रुपमा रहेको पाइन्छ । तर स्वास्थ्यको हिसाबले मःम त्यति उत्कृष्ट भने होइन । किनकि यसले रक्तचापको समस्या बढाउँछ ।
चिकित्सकहरूका अनुसार, पछिल्लो समय अत्यधिक मात्रामा बढ्दै गइरहेको फास्टफूडको क्रेजका कारण युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको पाइन्छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो चिल्लो र नुनिलो खानेकुरा तथा मःम जस्ता फास्टफूडको सेवनका कारण रक्तचापको समस्या बढिरहेको छ ।
उच्च रक्तचाप आफैंमा एक रोग हो र यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले हानी पु¥याउँछ । आँखालाई पनि यसले असर गर्नुको साथै उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ ।
रक्तचाप सन्तुलनमा राख्नका लागि मःम लगायतका फास्टफुड सकेसम्म नखाने । यदि खानैपर्ने भएमा कम खाने वा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ ।
एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उच्च रक्तचापमा राहत पुग्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।













