हरेक वर्ष झैँ यस वर्ष पनि DV नपरेपछि चलाख चन्द्रे बिहे गर्ने सोच बनाइ केटी हेर्न गएछ ।
अनि केटीको बाउले सोधेछ— तपाईं कत्तिको Drink गर्नु हुन्छ ?
चलाख चन्द्रे — धेरै होइन वर्षमा दुई पल्ट मात्र ।
केटीको बाउ एकदम खुसी भएछ । यो कलियुगमा पनि यस्तो केटा पाएकोमा अनि उत्साहित हुँदै सोधेछ— कहिले कहिले ?
चलाख चन्द्रे नम्र हुँदै जवाफ दिएछ— एक दिन मेरो जन्मदिको दिन र अर्काे दिन जन्मदिन नभएको दिन……
बिरामी नेता
एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परीक्षण गरेछ र नेताले रिपोर्ट माग्न जाँदा डाक्टरलाई भनेछ ः डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको छ ।
यो सुनेर डाक्टरले भनेछः चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो, जसले धेरै समस्याको चेतावनी दिइरहेको छ । फोक्सोले झुठो आश्वासन दिइरहेको छ र मुटुले चाँडै नै राजिनामा दिन आँटेको छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













