१. यो मेरो छोरो हो, छोरी हो, धन हो भन्ने सोचेर मूर्ख व्यक्ति दुःखी भइरहन्छ । जब आफू नै आफ्नो होइन तब संसारको अन्य वस्तु कसरी आफ्नो हुनसक्छ ?
२. झुटो वस्तुको कामना, भिक्षु र विहारमा आफ्नो प्रधानताको इच्छा, अरुबाट सम्मानपूर्वक पूजित बन्ने भावना यी सबै मूर्खका निमित्त छोडिदिनू ।
३. मूर्ख व्यक्तिले यदि कुनै पण्डितको सङ्गत ग¥यो भने उसले सद्धर्मलाई त्यसैगरी बुझ्न सक्दैन जसरी दालमा हालेको डाडुले त्यसको रस थाहा पाउँदैन । तर यदि कुनै प्रतिभावान व्यक्ति क्षणभरका लागि पनि पण्डितको सङ्गतमा प¥यो भने त सद्धर्मलाई त्यसै गरी जान्नेछ जसरी जिभ्रोले रसबारे जान्दछ ।
४. बरु एक्लै रहनु उचित छ, मूर्खको सङ्गत उचित छैन । जंगलमा बस्ने हात्ती झैँ एक्लै रहोस्, कुनै पापकर्म नगरोस्, कम इच्छा राखोस् ।
५. पापी व्यक्तिलाई पाप मधुररझैँ मीठो लाग्छ । जो मूर्ख आफ्नो मूर्खताबाट परिचित छ ऊ त्यहाँसम्म त बुद्धिमान छ तर जो मूर्ख आफूलाई बुद्धिमान ठान्दछ ऊ वास्तवमै मूर्ख हुन्छ ।
६. उसलाई समस्त संसारप्रति सदिच्छा विकसित गर्न देऊ । एक यस्तो मनको विकास गर्न देऊ जुन सीमारहित र बन्धुत्वपूर्ण होस् । ईश्र्या र घृणाबाट रहित भएर ऊ तलमाथि र वरिपरि निविघ्न रुपले पूर्णतः फैलिनेछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













