१. शरीर ब्रह्माको निवासस्थान हो । शरीर मोक्ष प्राप्तिको साधन हो । सुखी जीवनको पनि प्रथम साधन हो । जसले शरीरलाई पापको घर बनाउँछ । त्यो ठूलो अपराधी हो । यो शरीरलाई उपेक्षा गरेर नष्ट पार्छ त्यो पनि परम निन्दनीय हो ।
२. धर्म यसलोक र परलोकको सफलताको साधन हो ।
३. शक्तिहीन व्यक्ति आत्मप्राप्ति गर्न सक्दैन ।
४. विकारको मूल कारण मोह हो । सम्पूर्ण मनोविकार र शरीरका प्रायः सबै रोगहरु मोहका कारणले नै उत्पन्न हुन्छन् ।
५. मनलाई स्वच्छ, शुद्ध, निर्मल, पारेपछि अनुपम सुख प्राप्त हुन्छ । जसले मनलाई जित्न सक्छ । उसले जगतलाई जित्न सक्छ ।
६. प्रभुमा लीन हुनु नै स्थूलबाट सूक्ष्मतिर बढ्नु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













