थाइल्याण्डमा एउटा अनौठो संस्कार पनि छ । त्यहाँ प्रत्येक वर्ष एउटा शाकाहारी पर्व हुन्छ, जसमा हजारौँ चिनियाँ भक्तहरुले आफ्नो शरीरमा अनेक प्रकारका तिखा औजारले प्वाल पार्ने गर्दछन् । ठूलाठूला सुइरा र औजारहरुले ओठ, मुख, गाला छेड्ने यो संस्कार निकै डरलाग्दो हुन्छ । यो पर्व दक्षिणी थाइल्याण्डमा हरेक अक्टोबरमा चिनियाँ देवताको सम्झनामा मनाइन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













