गोरेले आज छोरोको ज्याकेट खानतलासी गरेछ । छोराको ज्याकेटको गोजिमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ । छोराको गोजीमा भए नभएको सबै भेटेसी गोरेलाई रिस उठेछ । गोरेले छोरालाई एक झापड हानेछ । कहिलेदेखि यस्तो काम गरिराखेको छस् ? छोराले आँशु पुछ्दै भनेछ— मैले झुक्किएर आज हजुरको ज्याकेट लगाएछु बुवा ।
साख्खै भाउजू हो
काले र गोरे आर्मीमा भर्ती भएछन् अनि तालिमको दौरान मेजरले गोरेलाई एउटा ठूलो बन्दुक दिएर सोधेछन्…
मेजर साबः ल भन त गोरे यो के हो ?
गोरेः हजुर यो बन्दुक हो ।
मेजर साबः यो बन्दुक मात्रै होइन…. यो तेरो प्राण रक्षा गर्ने ढाल हो, शान हो, तेरो श्रीमतीसरह हो यो बुझिस्…
गोरेः बुझेँ सर ।
मेजरले त्यस्तै बन्दुक कालेलाई दिएर सोधेछन्…
मेजर साबः ल भन त काले यो के हो ?
कालेः अजुर सर… यो बन्दुक मात्र होइन, यो गोरेको श्रीमती अनि मेरो साख्खै भाउजू हो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













