१. आफ्नो लक्षलाई सधैँ आँखाको अगाडि राख्नुहोस् । जुन कुराले हामीलाई प्रभुको नजिक पु¥याउँछ त्यसको स्वागत गर्नुहोस् । जुन कुराले प्रभुबाट टाढा लैजान्छ त्यसलाई त्याग्नुहोस् ।
२. मायाले भगवानको दर्शन गर्न दिँदैन । भगवानको सट्टा आत्मा, मन र बुद्धि दिन्छ । बुद्धि भनेको— इन्द्रियहरुद्वारा पाइने अनुभव । मन भनेको– हामीले जे थाहा पाउँछौँ त्यही, आत्मा भनेको— हामीले जे देख्यौँ त्यही ।
३. मायाले अति सूक्ष्म रुपले काम गर्छ । मायाको चटकदेखि मुग्ध नहुनुहोस् । उदाहरणको लागि एउटा इन्द्रिय स्पर्शलाई नै लिऊँ । यसले हामीलाई गलत बाटो लगिदिन्छ । त्यसैले बिना कारण आफ्नै शरीरलाई पनि छुनु हुँदैन ।
४. ‘भगवान् को हो ? भनेर प्रश्न गर्नु १०० माइल प्रतिघण्टाको रफ्तारले भगवानतिर दौडनु हो ।
५. चौबीसै घण्टा जागरुक भएर बस्नु पर्दछ । आफूप्रति आफै सि.आई.डी. हुनुपर्दछ । आफ्ना भूलहरु पत्ता लगाउनुहोस्, अनि तिनीहरुलाई सच्याउनुहोस् । आफ्ना भूलहरुलाई दिनका दिन सच्याउनुपर्दछ । हरेक राती आफ्ना गतिविधिको समीक्षा गर्नहोस् ।
६. स्वधर्म पालन गर्दा पत्ता लगाउनुहोस्—
क. तपाईंका शरीर स्वस्थ हुँदै आएको छ कि छैन ?
ख. तपाईंको मन बलियो भएर आएको छ कि छैन ?
ग. तपाईंको बुद्धि तीखो भएर आएको छ कि छैन ?
घ. भगवानको पूजा–आराधना गहिरो हुँदै आएको छ कि छैन ? यदि छ भने स्वधर्म पालन गर्नुहोस्, छैन भने नगर्नुहोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













