आजकाल जाडो होस् या गर्मी प्रायः जसोले तातो पानीले नुहाउने गर्छन् । तातो पानीले नुहाउँदा फाइदा हुन्छ कि बेफाइदा भन्ने विषयमा नै धेरैलाई भ्रम छ । यहाँ त्यसैको विषयमा केही चर्चा गरिएको छ –
फाइदा
– मनतातो पानीले नुहाउँदा रक्तसञ्चार सहज हुन्छ । टाउको दुखेको ठीक हुन्छ र राम्रो निद्रा लाग्छ ।
– शरीर र हाडहरूले आराम अनुभव गर्छन् । जोर्नीको समस्या भएकाहरूले तातो पानीले नुहाउँदा फाइदा हुन्छ ।
बेफाइदा
– तातो पानीले नुहाउँदा कपाल र छालालाई सुख्खा बनाई क्षति पु-याउँछ ।
– तातो पानीले नुहाउँदा शरीर चिलाउने र दाग आउने समस्या पनि हुनसक्छ ।
– तातो पानीले नुहाउँदा छालालाई क्षति पु¥याउने हुँदा थप एलर्जी र इन्फेक्सनको खतरा बढ्छ ।
– तातो पानीले नुहाउँदा पुरुषहरूको प्रजनन क्षमतामा पनि प्रभाव पर्नसक्छ ।
बच्चाहरूलाई तातो पानीमा नुहाउँदा तापक्रम ३८ डिग्रीभन्दा बढी हुनुहुँदैन भने ठूलोको लागि पानीको तापक्रम ४५ डिग्रीभन्दा बढी हुनुहुँदैन ।













