काठमाडौं । देशको पश्चिमतर्फ फैलिँदै गएको मनसुनी प्रणाली पूर्वी तथा मध्य भागमा भने सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज रातिदेखि सुदूरपश्चिम प्रदेशमा समेत वर्षा हुनेछ ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षा भइरहेको छ ।
आंशिकदेखि सामान्य बदली भई आज दिउँसो कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागको थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्क देखि मध्यम वर्षा हुनेछ । कोशी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
भोलि (मंगलबार) कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र देशको बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
बुधबार देशका केही स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।













