संसारमा केही यस्ता संस्कार पनि हुन्छन्, जुन हेर्दैमा अनौठा मात्र होइन निकै डरलाग्दा पनि हुन्छन् । दक्षिण इथियोपियाका मुर्सी समुदायमा प्रचलित एउटा संस्कार यस्तै डलाग्दो देखिन्छ । त्यहाँका महिलाहरु अरुभन्दा निकै फरक हुन्छन् । यसो हुनाको कारण उनीहरुका ओठ छेडेर सानैदेखि गोलो खालको रिङ अथवा प्लेट घुसाउने गरिन्छ ।
यसरी कलिला ओठ छेड्दा त सुरुमा उनीहरुलाई निकै पीडा हुन्छ । तर पछि बानी परिँदै जान्छ र उनीहरुको मुख चौडा हुँदै जान्छ । मुखमा निकै ठूलो भ्वाङ परेको देखिन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













