१. संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कहाँ रहेको छ ?
– न्युयोर्क
२. संयुक्त राष्ट्रसंघका हालका उपमहासचिव को हुन् ?
– अमिना जे मोहमद
३. सन् २००८ लाई सार्कले कुन वर्षको रुपमा मनायो ?
– सार्क असल शासन वर्ष
४. आफ्नो पदबाट राजीनामा दिने सार्कको एक मात्र महासचिव को हुन् ?
– फथिमाथ धियना सइद (माल्दिभ्स)
५. अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ) ले कहिले नोबेल शान्ति पुरस्कार पाएको थियो ?
– सन् १९६९
६. नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएको दक्षिण अमेरिकी महादेशको पहिलो राष्ट्र कुन हो ?
— अर्जेन्टिना
७. सार्क राष्ट्र अफगानिस्तानसँग नेपालको कुटनीतिक सम्बन्ध कहिले स्थापना भएको हो ?
— १ जुलाई १९६१
८. अफगानिस्तानले सार्कको कति औँ शिखर सम्मेलनबाट सदस्यता पाएको हो ?
– १३
९. सार्कले सन् २०१०–२०२० सम्म कुन दशक मनायो ?
– सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक
१०. संयुक्त राष्ट्रसंघको खर्च व्यहोर्ने राष्ट्रहरु मध्ये सबैभन्दा धेरै खर्च व्यहोर्ने तेस्रो स्थानमा कुन राष्ट्र पर्दछ ?
– जर्मनी ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













