संयोग र वियोग, पक्ष र विपक्ष, मन पर्नु वा नपर्नु, अज्ञान र भटकाइ, मोह र लोभ, जन्म र मृत्यु, हानि र लाभ, प्रेम र सेवा, अद्वैत र अभय, द्वैत र दुःख, त्याग र स्वतन्त्रता, ज्ञान र वैराग्य, ध्यान र स्थितिको एकता छ । एक भए अर्को आउँछ । यदि एउटै छ भने त्यो भ्रम मात्रै हो, कल्पना हो यो विचार गर्नू ।
आफ्नो केही इच्छा नभई स्वतःस्पूmर्त मित्रका सहयोगबाट जो हुन्छ, त्यो बाहेक पूर्णस्मृति वा परकल्पनाद्वारा जो हुन्छ वा गरिन्छ त्यो इच्छाकै सीमाभित्र पर्छ । बोल्दा, सुन्दा, देख्दा तथा विचार गर्दा उसै कर्मका साथ साक्षिता छ भने विक्षेप, अपूर्णता, यस र हर्ष इच्छा आदि जन्मने थिएन । परन्तु इच्छा वा सुखका तरङ्गहरूले हृदयलाई ढाकेपछि सम्यक् रूपमा हृदयलाई जान्न वा प्रवेश गर्न कठिन पर्छ । इच्छा बनाएपछि त्यसको आपूर्तिमा विक्षेप हुन्छ । इच्छा नै नबनाई या इच्छा आए त्यसलाई शान्त गरेर, मौन रहे स्वतः आनन्दै आनन्द हुने थियो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













