दुई जना पुजारीहरुको विवाद पर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।
पहिलो पूजारीः म हो भगवान् ।
दोश्रो पूजारीः म हो भगवान् ।
जड्याहाः हट् तिमीहरु दुबै जना होइन । भगवान् त म हो ।
दुवै पुजारीः कसरी ?
जड्याहाः म प्रमाणित गरेर देखाइदिन्छु ।
जड्याहाले पुजारीहरुलाई एउटा भट्टिमा लग्यो । भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?
शेरेको ससुराली
शेरे पहिलो पटक ससुराल गएछ । ससुराल पुगेको मात्र के थियो शेरेको ससुरा ट्वाइलेटबाट ऐया ! ऐया !! भन्दै बाहिर निस्किए । शेरे (अलि भावुक हुँदै) ससुरा बा बिरामी हुनुहुन्छ कि क्या हो ?
ससुराः ज्वाईं साप हजुरको मुखमा हिजो माथ्ला घरमा खसी काटेका थिए । मासु नउठेर हजुरको मुखमा दुई किलो ल्याएको थिएँ । हजुरको मुखमा हिजो धेरै खाइएछ । रातिदेखि हजुरको मुखमा छेर्दा–छेर्दा अहिलेसम्म ४ चोटी छेरिसकेँ हजुरको मुखमा…।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













