• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

१५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या ‍‍‌‌घटयो

by
२ असार २०८०,
0
१५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या ‍‍‌‌घटयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार छ सय ६१ र पुरुषको सङ्ख्या ८६ हजार छ सय ३७ देखाएको छ । विसं २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो ।

नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताए । उनका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ ।

राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा विसं २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ ।

यस्तै १० वर्षको अन्तरालमा जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ । विसं २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा विसं २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ

ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ । साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ । विसं २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने विसं २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्याङ्क अधिकृत महतोले जानकारी दिए ।

त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ । यहाँको जनसङ्ख्या विसं २०६८ मा १३ हजार तीन सय ६९ थियो । केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उनको भनाइ थियो ।

Previous Post

हेल्थ टिप्सः च्याउ चिन्दा औषधी र नचिन्दा विष

Next Post

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुआन एयरलाइन्सले भर्ने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुआन एयरलाइन्सले भर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In